हेटौँडामा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गयो
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको ज्यान गएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको हो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय सन्जित स्याङतान र पछाडि सवार १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका हुन् । उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ठक्कर दिने ट्रक र चालक फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र ट्रक तथा चालकको खोजी कार्य तीव्र पारिएको बताइएको छ।
राजमार्गमा बढ्दो सवारी दुर्घटनाले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता थपिएको छ। दुर्घटनामा संलग्न ट्रक र चालक पक्राउ परेपछि घटनाको विस्तृत विवरण सार्वजनिक हुने प्रहरीले जानकारी समेत गराएको छ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया