Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठअन्तर्राष्ट्रियअन्तरराज्यीय विवाद चर्कियो : हिमाचलले नियन्त्रणमा लियो दिल्ली प्रहरीका २० जवान

अन्तरराज्यीय विवाद चर्कियो : हिमाचलले नियन्त्रणमा लियो दिल्ली प्रहरीका २० जवान


काठमाडौं । अन्तरराज्यीय समन्वयको अभावका कारण भारतमा दुई राज्यका प्रहरीबीच विवाद उत्पन्न भएको छ। हिमाचल प्रदेश प्रहरीले बुधबार दिल्ली प्रहरीका २० जना जवानलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

प्राप्त विवरणअनुसार, दिल्ली प्रहरी इन्डियन युथ कंग्रेसका तीन कार्यकर्तालाई पक्राउ गर्न शिमलाको रोहुरु पुगेको हो। ती कार्यकर्ताले दिल्लीस्थित ‘एआई इम्प्याक्ट समिट २०२६’ कार्यक्रममा सर्ट फुकालेर विरोध जनाएका हुन् । तर हिमाचल प्रदेश प्रहरीले भने स्थानीय प्रशासनलाई पूर्वसूचना नदिई अन्तरराज्यीय गिरफ्तारीको प्रयास गरिएको भन्दै सोलन जिल्लामा दिल्ली प्रहरी टोलीलाई रोकेको  छ।

राज्य प्रहरीका अनुसार यस्ता कारबाहीका लागि सम्बन्धित राज्यलाई जानकारी गराउनु कानुनी रूपमा अनिवार्य हुन्छ। यसैबीच, हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले दिल्ली प्रहरीको कदमप्रति आपत्ति जनाएका छन्। उनले हिमाचल सदनमा मध्यरातमा छापा मारिएको दाबी गर्दै यसलाई ‘संवैधानिक प्रक्रिया विपरीत’ भएको बताएका हुन् ।

उक्त घटनापछि भारत–अमेरिका व्यापार सम्झौता र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेको आरोपमा युथ कंग्रेसका आठभन्दा बढी कार्यकर्ता पक्राउ परिसकेको भारतीय सञ्चारमाध्यमले जानकारी गराएका छन्।

यस घटनाले दुई राज्यबीचको प्रशासनिक समन्वय र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। विषय अहिले राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ भने थप अनुसन्धान चलिरहेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको