मतदानको दिन सवारी सञ्चालनमा रोक, मादकपदार्थ बिक्रीमा देशव्यापी प्रतिबन्ध
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले बिहिवार मतदान अवधिभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ।
फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लाग्ने जनाइएको हो।
आयोगका प्रवक्ताका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा खटिने सवारी, कूटनीतिक नियोगका गाडी तथा आधिकारिक पास लिएका सवारीसाधन मात्र सञ्चालनमा रहनेछन्।
त्यस्तै, मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादकपदार्थको बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ। यसबारे गृहमन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पठाइएको छ।
निर्वाचन आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ पालना गराउन स्थानीय आचारसंहिता अनुगमन समितिहरू सक्रिय रहनेछन्। निषेधित गतिविधि भए/गरेको पाइएमा तत्काल कानुनी कारबाही गरिने आयोगले स्पष्ट जानकारी गराएको छ ।
मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। टिकट भएका यात्रुले सम्बन्धित एयरलाइन्स वा निजी सवारी प्रयोग गरी आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ।
यसैगरी, निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमाना बन्द गर्ने निर्णयसमेत गरिएको हो।
मतदानका लागि मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक आधिकारिक कागजात अनिवार्य साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचनको दिन सवारी पास वितरणका लागि आयोग परिसरमा विशेष इकाई स्थापना गरिनेछ, जहाँ आयोग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खटिनेछन्।
आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालालाई आवश्यक समन्वय र सहयोग गर्न अपिल समेत गरेको छ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया