“संसदवाद र साम्राज्यवादसामु आत्मसमर्पण गरिँदैन”: विप्लव
साउन ८ रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिकारी बाटोबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रुपन्देहीको भैरहवामा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था र वैदेशिक हस्तक्षेपविरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहने बताएका हुन्।
कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय राजनीतिले देश र जनताका वास्तविक समस्या समाधान गर्न नसकेको दाबी गरे। वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई स्वाधीन बनाउनुको साटो झन्-झन् परनिर्भर र संकटग्रस्त बनाएको उनको तर्क थियो।
कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा उनले भने:
“संसदवादी हुनु भन्दा एक्लै भएपनि देश र जनताको पक्षमा लड्दा-लडदै बलिदान गरिन्छ, तर संसदवाद र साम्राज्यवादसँग आत्मसमर्पण गरिँदैन।”
विप्लवले क्रान्ति र परिवर्तनको यात्रामा उतारचढाव आए पनि सिद्धान्त र निष्ठा छाडेर संसदीय दलदलमा नफस्ने स्पष्ट पारे। देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका लागि सम्झौताहीन संघर्ष नै आफ्नो पार्टीको मुख्य कार्यदिशा रहेको उनले दोहोर्याए।
नेपालको वर्तमान आर्थिक तथा राजनीतिक संकटको मुख्य कारण दलाल पूँजीवाद र वैदेशिक हस्तक्षेप भएको उल्लेख गर्दै उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिए।
भैरहवामा भएको सो भेटघाट कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय वस्तुस्थिति र भावी राजनीतिक कार्ययोजनाबारे समेत छलफल भएको जनाइएको छ।
ताजा अपडेट
- बजार ग्यासको हाहाकार भएको बेला मन्त्रीको राजीनामा !
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया