कम्युनमा नेकपा (माओवादी) सचिवालयको विस्तारित बैठक जारी (फोटो फिचरसहित)
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सचिवालयको विस्तारित बैठक अर्घाखाँचीको शितगंगास्थित कम्युनमा जारी छ।
पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार बैठकमा सचिवालय सदस्यसँगै विभिन्न प्रदेशका इन्चार्जहरूको समेत सहभागिता रहेको छ।
बैठकमा देशको राजनीतिक अस्थिरता, वर्तमान संकट र त्यसको निकासका विषयमा छलफल भइरहेको छ। साथै अग्रगामी तथा परिवर्तनकारी राजनीतिक धारलाई सशक्त बनाउने विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।
त्यसैगरी उत्पादन अभियानलाई व्यवस्थित गर्ने, राज्यका पछिल्ला नीतिविरुद्ध जनजागरण अभियान तथा जनसंघर्ष सञ्चालन गर्ने, वामपन्थी तथा देशभक्त शक्तिसँग मोर्चा निर्माण गर्ने र संगठनको अधिवेशनका विषयमा पनि बैठकमा छलफल भइरहेको छ।
बैठकमा बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा जारी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको पार्टी स्रोतले जनाएको छ।


ताजा अपडेट
- तुलसा चन्दको मृत्यु संस्कार सी सस्कृती अनुसार गरिने
- विप्लव लाई पारिवारिक शोक
- राष्ट्रसंघको महासभाको सर्वाधिक हेरिने भाषण, बालेन शाहको
- कम्युनमा नेकपा (माओवादी) सचिवालयको विस्तारित बैठक जारी (फोटो फिचरसहित)
- त्रीशुली मा तुईन को तनाव ,, १२ औं घण्टा पालो कुर्दा पनि आउँदैन पालो।
- विप्लव माओवादीले फेला पार्यो बाढीले पुरिएको त्रीशुलि सहकारीकोको १४ लाख
- राम्रो सरकार आए विदेशी सम्बन्धनका डिग्री खारेज हुन सक्छन् : रुद्र पाण्डे
- बाढीले घरवारविहीनका लागि संरचना निर्माणमा जुट्यो विप्लव नेतृत्वको नेकपा(माओवादी)
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- विप्लव लाई पारिवारिक शोक
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस




तपाईको प्रतिक्रिया