Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठराजनितिजेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसको समर्थनमा

जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसको समर्थनमा


काठमाडौं। जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना  नेपाली कांग्रेसको समर्थनमा रहेका छन् । सोमबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न ढुङ्गानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।

मिराज त्यस्ता जेनजी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेनजी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएका हुन् ।

माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी रहेको हो । उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेनजीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका हुन् ।

त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेनजी सरकारलेसमेत कुनै पहल गरेन । त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् , उनको टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको हो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको