Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिनेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी

नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी


नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाली कम्युनिस्ट पार्टी सँगको एकताको विषयमा आएका समाचारहरू निराधार र भ्रामक भएको बताएको छ। चुनाव अगाडि एकता हुँद ै छ भन ि आएका समाचारहरू कपोकल्पित र मनोगत भएको माओवादीको केन्द्रिय कार्यलयले जनाएको छ ।

नेकपा (माओवादी) महासचिव विप्लव नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी केन्द्रीकरण गर्ने र बामपंथी जनमत कसरी रक्षा गर्ने भन्ने विषयमा चिन्तित रहेको माओवादीका पोलिटब्युरो सदस्य असल सीले बताए । त्यही विषयमा विप्लवले बामपंथी, बुद्धिजीवी र कम्युनिस्ट नेताहरूसँग छलफल गरिरहनु भएको छ। तर बाहिर अस्वभाविक रुपले केही मान्छेहरू एकता हुँद ै छ भन ि हल्ला गरिरहेको तर त्यो सत्य नभएको नेता असल सीले बताए

अरू कम्युनिस्ट पार्टीका नेताहरू आफु र आफ्नो पार्टीलाई मात्रै कसरी निर्वाचनमा विजय गराउन े भन्ने कुरालाई लिएर एकता मोर्चा र सहकार्यको कुरा गरिरहेका छन तर विप्लव समग्र कम्युनिस्ट आन्दोलनलाई कसरी विजय गराउन सकिन्छ भनेर छलफल गरिरहेको नेता असल सील जानकारी दिए।



तपाईको प्रतिक्रिया

धेरैले पढेको