धनुषा घटनाको विरोधमा वीरगञ्ज तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौं । धनुषामा मस्जिदमा भएको तोडफोडको घटनाविरुद्ध आइतबार वीरगञ्जमा भएको विरोध प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको हो।
मुस्लिम समुदायका अगुवाहरूको नेतृत्वमा बिहानैदेखि वीरगञ्जका घण्टाघर, मुर्ली, मालपोत चोक र छपकैया इदगाह चोक लगायतका स्थानमा टायर बालेर नाराबाजी गरिएयो।
छपकैया इदगाह चोकमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
प्रदर्शनकारीले त्रिभुवन राजपथ अवरुद्ध गरेपछि वीरगञ्ज महानगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको र सवारी आवागमन पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ। हाल अवस्था नियन्त्रणमा रहेको बताइएको छ।
शनिबार धनुषाको धनुकमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा अज्ञात समूहले तोडफोड गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि वीरगञ्जमा समेत विरोध चर्किएको हो।
प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
जमियतुल उलमा नेपालको केन्द्रीय सहअध्यक्ष मौलाना अली असगर मदानीले घटनालाई निन्दनीय बताउँदै सबै धर्मबीच आपसी सम्मान आवश्यक रहेकोमा जोड दिएका छन्।
धनुषाको घटनाबारे मुस्लिम समुदायका अगुवाहरूले गृह मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराइसकेको समेत जनाइएको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया