वीरगन्जमा कर्फ्यु थपियो, मंगलबार दिउँसो १ बजेसम्म निषेध
काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी कर्फ्युको समय थप गरेको छ। स्थानीय प्रशासनका अनुसार कर्फ्यु अब मंगलबार दिउँसो १ बजेसम्म लागू रहनेछ।
यसअघि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो। तर, अवस्था अझै सामान्य नभएकाले कर्फ्युको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
कर्फ्युका कारण मंगलबार बिहान वीरगन्जको घण्टाघर क्षेत्र सुनसान देखिएको छ। प्रशासनले वार्तामार्फत विवाद समाधानको प्रयास भइरहेको जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम वीरगन्ज महानगरभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको हो। तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।
कर्फ्यु क्षेत्रको सीमांकन अनुसार पूर्वमा बसपार्क–नगवा–इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट समेटिएको छ।
प्रशासनले अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै आपत्कालीन अवस्थामा नजिकको सुरक्षाकर्मी वा १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोग तथा हवाई यात्रुका सवारी साधनलाई सहजीकरण गरिने जनाइएको छ।
दुई धार्मिक समुदायबीच उत्पन्न विवादले हिंसात्मक रूप लिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता कडा पारिएको हो। पछिल्ला दिनहरूमा वीरगन्ज र जनकपुरसहित मधेसका विभिन्न जिल्लामा प्रदर्शन जारी छन्।
आइतबारदेखि सुरु भएको आन्दोलनले जनजीवन प्रभावित बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। प्रशासन तथा मधेस प्रदेशका प्रमुख र मुख्यमन्त्रीले सार्वजनिक अपिलमार्फत् संयमता अपनाउन र साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया