Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारजाजरकोटमा भयानक जिप दुर्घटना : २ को मृत्यु, ४ घाइते

जाजरकोटमा भयानक जिप दुर्घटना : २ को मृत्यु, ४ घाइते


 

काठमाडौं । जाजरकोटको छेडागाडमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप ब्रेक फेल भएर करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको छ। घाइतेहरूलाई नगर अस्पताल बडाबनमा उपचारका लागि लगिएको छ।

घाइतेहरूमा २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र २३ वर्षीया सितला रावत रहेका छन्।

प्रहरीले घटनाबारे  थप अनुसन्धान  गरिरहेको छ र स्थानीयलाई सुरक्षित यात्रा गर्न सचेत गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको