आजदेखि म्यादी (निर्वाचन) प्रहरी भर्ना, १ लाख ३३ हजारभन्दा बढी माग
काठमाडौं । सरकारले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि म्यादी (निर्वाचन) प्रहरी भर्नाका लागि आवेदन खुला गरेको छ।
आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक लाख ३३ हजार ९८० जनाको माग सार्वजनिक गरेको हो।
सूचनाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट आजैदेखि दरखास्त संकलन सुरु भएको छ, जुन माघ १ गतेसम्म चल्नेछ। बिदाका दिनसमेत आवेदन लिन व्यवस्था गरिएको छ।
उम्मेदवारहरूले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्नेछन्। छनोट प्रक्रियामा पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, साथै पछिल्लो समय विभिन्न सुरक्षा निकायको भर्नामा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने जनाइएको छ।
यसअघि भएका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा दिएका व्यक्ति तथा विदेशी सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउने सूचनामा उल्लेख छ।
निर्वाचनको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई तोकिएको समयसीमाभित्र नजिकको जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन आग्रह गरिएको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया