Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठअन्यपृथ्वीजयन्तीको अवसरमा सिंहदबारमा विशेष माल्यार्पण कार्यक्रम सम्पन्न

पृथ्वीजयन्तीको अवसरमा सिंहदबारमा विशेष माल्यार्पण कार्यक्रम सम्पन्न


काठमाडौं । नेपाल एकीकरणका नेता महाराजाधिराज पृथ्वीनारायण शाहको सम्मानमा हरेक वर्ष २७ पुसका दिन मनाइने पृथ्वीजयन्ती विभिन्न कार्यक्रम सम्पन्न भएको छ।

यस अवसरमा सिंहदबार पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरिएको  हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरेसहित विभिन्न मन्त्री, राजनीतिक नेता र शुभचिन्तकहरूले माल्यार्पणमा सहभागिता जनाएका हुन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा लगायत राजावादी नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको हो ।

समारोहमा उपस्थित सबैले राष्ट्रएकता र पृथ्वीनारायण शाहको योगदान सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका छन्। कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको