Techie IT
  • मंगलबार, भदौ ३०, २०८३ / Tuesday, September 15, 2026
गृहपृष्ठसमाचारगगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,

गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,


नेपाली कांग्रेस विशेष महाधिवेशनबाट २०८२ माघ-१ गते निर्वाचित नेतृत्वले पार्टीको नीति , कार्यक्रम र एजेन्डाको खाका स्पष्ट पारेर ५० दिनमा १६५ निर्वाचन क्षेत्रमा आमनिर्वाचनको सामना गर्‍यो त्यो आफैँमा अत्यन्तै सफल र सराहनीय कार्य भएको छ ।

विशेष महाधिवेशनको निर्णय र कदम नेपाली कांग्रेसको जीवनमा अत्यन्तै आवश्यक थियो र भयो । विशेष महाधिवेशन अपरिहार्य थियो, अनिवार्य थियो । समयको चाप, युवा र नयाँ पुस्ताको दबाब, भावना र आकांक्षा बमोजिम एक वर्ष अगाडि नै नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनु जरुरी थियो । त्यहाँनेर हामी चुकेकै हो । अझै पनि हामी समग्रमा विशेष महाधिवेशनको नेतृत्व र निर्णयलाई आत्मसात् गर्न सकिरहेका छैनौँ भने त्यो राजनीतिक बचपनमात्र हो ।

नेपाली कांग्रेस परिवर्तन त भयो तर निकै ढिलो गरेर । समय निर्मम हुन्छ, प्रतीक्षा गरेर बस्दैन । २०७२ देखि नै कांग्रेस बाटो छोड्दै हिँड्न थालेको थियो । कहिले माओवादी, कहिले एमालेको बुख्याँचा बोकेर हिँड्यो । त्यसको परिणति आजको चुनावी परिणाम हो । भ्रष्टाचार, कुशासन र परिवारवादमा चुर्लुम्म डुबेको नेतृत्वबाट रेस्क्यु गरी विशेष महाधिवेशनबाट सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाशको प्रयासमा आज कांग्रेस प्रत्यक्षतर्फ १८ क्षेत्रमा विजय भएको छ भनेर समानुपातिकतर्फ १९ सांसद विजय हुने अवस्था छ ।

देउवा समूहको बहिष्कार र असहयोग बाबजुद ३७ स्थान प्राप्त गर्दै रहेको कांग्रेसलाई अब राजीनामा होइन -१५ महाधिवेशनमा लैजानु आवश्यक छ । जो जसले अहिले सभापति गगन थापाको राजीनामा मागिरहनु भएको छ उहाँहरूले रूख चिन्ह मा नै मत हाल्नु भयो कि, भएन ? त्यो चाहिँ गम्भीर र सोचनीय सवाल बनेको छ ।

चुनाव शान्तिपूर्ण र सहजरूपले सम्पन्न भयो । यो चुनावको सफलतामा कांग्रेसका दुई नेताहरू सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सुझबुझपूर्ण भूमिका कसैले नकार्न चाहेर पनि सम्भव छैन । ओली, देउवा र पूर्वराजा ज्ञानेन्द्र चुनावको विपक्षमा थिए । तर यी नेपाली कांग्रेसका दुई युवा नेताहरू सभापति गगन थापा र उपसभापति विश्वप्रकाश चट्टान बनेर चुनावको पक्षमा उभिए ।

उनीहरूको यो सत्प्रयास र योगदान नहुँदो हो त चुनाव सम्भव थिएन । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सुचारु हुन पाउने थिएन । चुनाव राम्रोसँग सम्पन्न भयो । मुलुकले संवैधानिक र राजनीतिक निकास पायो । अहिलेलाई यतिमात्र …।

अब तत्काल केन्द्रीय कार्यसमिति बैठक बसेर आमनिर्वाचनमा प्राप्त परिणाम र पुराना नेताहरूले खेलेका भूमिकाको निर्मम समीक्षा र विश्लेषण गर्दै पार्टीको भावी कार्यक्रम र रणनीति बनाएर अगाडि बढ्नु पर्दछ । अब छिटोभन्दा छिटो – १५ औँ महाधिवेशन तयारीमा जुट्नु हामी सबैको अनिवार्य दायित्व र जिम्मेवारी हो ।

म फेरि पनि भन्छु, राजीनामा होइन , १५ औँ महाधिवेशन जरुरी ।

जनता र आम कार्यकर्ताको आशा , भरोसा र पूर्णविश्वास । नेपाली कांग्रेस, चुनाव चिन्ह रूख, गगन थापा र विश्वप्रकाश जय नेपाल ।

(गिरी कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य हुन्)



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino