Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठअन्यमिटरब्याज विरुद्ध आज ‘राजधानी मार्च’ सम्पन्न

मिटरब्याज विरुद्ध आज ‘राजधानी मार्च’ सम्पन्न


काठमाडौं । मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भुमि असमानता विरुद्ध काठमाडौंमा आज राजधानी मार्च गरिएको छ ।

सोमबार भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले बल्खु–त्रीपुरेश्वर शहीद गेट–शान्तीवाटिका रुटमा मार्चपास गरिएको हो।

आजको मार्चपासले बल्खु–त्रिपुरेश्वर–शहीद गेट हुँदै शान्तिवाटिकामा पुगि कोण सभा समेत गरेका छन् । कार्यक्रममा भूमि अधिकार आन्दोलन, नेपाल, लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाललगायतका जनसंगठनहरुको आन्दोलन मोर्चाबन्दीपछि प्रधानमन्त्रीलाई भेटेर मागपत्र बुझाउने तालिका पनि सार्वजनिक गरिएको थियो ।

उनीहरुले संयुक्त जनआन्दोलन घोषणा गर्ने पनि बताएका छन् ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको