देशभर नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त
नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएसँगै नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त छन् । असार १० गतेबाट सुरु भएको यो अभियान आगामी साउन १० गतेसम्म चल्नेछ । जसमा पार्टीका सबै तहका नेता-कार्यकर्ताहरू खेतबारीदेखि खलिहानसम्म सक्रिय रूपमा संलग्न छन् । विप्लव सीले यस अभियानलाई पार्टीको आन्तरिक आत्मनिर्भरताका साथै समग्र देश र जनतालाई आत्मनिर्भर बनाउने बृहत्तर लक्ष्यका साथ अगाडि बढाइएको बताएका छन् । उनका अनुसार यो केवल पार्टीको मात्र नभई, देश र जनताको साझा अभियान हो । जसको मूल लक्ष्य देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाई नेपाली जनतालाई स्वाभिमानी र स्वाधीन जीवनयापन गर्न सक्ने बनाउनु हो ।
नेकपाले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ताको वैचारिक जग निर्माण गरी यसलाई व्यवहारमा उतारेको केही समय भइसकेको छ । यसैको निरन्तरता स्वरूप, वर्तमान उत्पादन अभियानलाई अझ सशक्त बनाइएको छ । पार्टीको स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय समितिको नेतृत्वमा देशभरका नेता-कार्यकर्ताहरू उत्साहका साथ यस अभियानमा होमिएका छन् ।
गत वर्षको अनुभवलाई आधार मान्दै, यस वर्ष ५० प्रतिशतले बढी उत्पादन हुने आकलन गरिएको छ । गए वर्ष नै खाद्यान्नमा लगभग आत्मनिर्भर भइसकेकोले, यस वर्ष उपभोक्तासम्म धेरै परिमाणमा उत्पादन पुर्याउन सकिने विश्वास पार्टीले व्यक्त गरेको छ ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया