Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठराजनितिकम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति

कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


काठमाडौं । कम्युनिष्ट एकताको बहस फेरि सतहमा आएको बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकता प्रस्तावप्रति कडा टिप्पणी गरेका छन्।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी शक्तिलाई एकताको प्रक्रियामा आउन गरेको आह्वानलाई लक्षित गर्दै विप्लवले त्यसलाई राजनीतिक जालझेलको रूपमा व्याख्या गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै महासचिव विप्लवले कम्युनिष्ट आन्दोलनको नाममा बारम्बार प्रयोग गरिँदै आएको एकता प्रस्ताव अब विश्वासयोग्य नरहेको संकेत गरेका छन् । उनले व्यवहारमा सहकार्य नगर्ने शक्तिहरूले केवल भाषण र वक्तव्यका आधारमा एकताको कुरा गर्नु अर्थहीन भएको बताएका हुन् ।

उनको टिप्पणीमा चुनावी मोर्चामा समेत सहमति जुटाउन नसक्ने दलहरूले एकताको चर्चा गर्नु आन्दोलनप्रति इमानदार नभएको संकेत भएको उल्लेख गरेका छन् । यस्तो अभ्यासले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनेभन्दा झन् भ्रम सिर्जना गर्ने ‘विप्लव’ को भनाइ  छ।

कम्युनिष्ट शक्तिहरूबीच विचार र कार्यदिशाको स्पष्टता नआएसम्म यस्ता प्रस्तावले ठोस परिणाम नदिने संकेत विप्लवको टिप्पणीबाट प्रष्ट देखिन्छ।

यस अभिव्यक्तिले वाम राजनीति भित्रको बहस अझ चर्किने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको