Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठराजनितिमहेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित

महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय सदस्य महेन्द्र पाण्डेको नेतृत्वमा उक्त पार्टीको सिंगै हुम्ला जिल्ला समिति नेकपा (माओवादी) मा समाहित भएको छ।

बरबि लामिछाने नेतृत्वको रास्वपाबाट अलग हुँदै हुम्ला जिल्ला समितिसहित नेता–कार्यकर्ता विप्लव नेतृत्वको नेकपा (माओवादी) मा प्रवेश गरेका हुन्।

आज कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पाण्डेसहित हुम्ला जिल्ला समितिलाई स्वागत गर्दै समाहित भएको घोषणा गरेका छन् ।

कार्यक्रममा माओवादी नेतृत्वले नयाँ प्रवेशीहरूलाई पार्टीको नीति, विचार र सङ्घर्षमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको