रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्यको नेतृत्वमा हुम्ला जिल्ला समिति र पुर्व जनमुक्ति सेनाका कमान्डर सहित पुर्व लडाकुहरू नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा प्रवेश गरेका छ्न।
कमलादीस्थित प्रज्ञाभवनमा आयोजित ध्रुवीकरण कार्यक्रममा माओवादी महासचिव विप्लवले उनिहरूलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन ।
कार्यक्रममा रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिद्रोह गरि उक्त पार्टीका केन्द्रिय सदस्य महेन्द्र पाण्डेको नेतृत्वमा सिंगै हुम्ला जिल्ला समिति माओवादीमा समाहित भएको घोषणा गरिएको हो।
त्यस्तै पुर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर तथा प्रचण्ड नेतृत्व नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रमेश मोक्तान पनि माओवादीमा प्रवेश गरेका छन।
मोक्तान पुर्व माओवादी केन्द्रका केन्द्रिय सदस्य पनि हुन। त्यसै गरि पुर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर तथा हाल प्रचण्ड नेतृत्वको नेकपा निकट पुर्वी रुकुमेली समाजका संयोजक सबिन बुढामगर र उनि नेतृत्वको पुर्वी रुकुमेली समाज पनि माओवादीमा प्रवेश गरेको छ।
प्रवेश गर्ने हरूमा पुर्व जनमुक्ति सेनाका सदस्य हरू वीर बहादुर तामाङ,सुरेश तामाङ र सुरेन्द्र बोगटी रहेका छन। पुर्व जनमुक्ति सेनाका तामाङ द्वय प्रचण्ड नेतृत्वको नेकपाको बुढानिलकण्ठ नगरपालिका, काठमाडौमा कार्यरत रहेको बताईएको छ। बोगटी प्रचण्ड नेतृत्वको नेकपा सिन्धुली जिल्लाका नेता हुन।
कार्यक्रममा नव प्रवेशिहरूलाई स्वागत गर्दै माओवादीका महासचिव विप्लवले देशभक्त क्रान्तिकारीहरूको अन्तिम घर माओवादी भएको बताए। उनले आफ्नो पार्टी कुनै पनि बहानामा संसदीय सत्ताको दलदलमा नफस्ने भन्दै क्रान्ति सम्पन्न गरिछाड्ने बताए छन् ।
कार्यक्रममा माओवादीमा समाहित रास्वापाका केन्द्रिय सदस्य महेन्द्र पाण्डेले आफू जन्मजात कम्युनिस्ट भएकोले एक सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी समाहित हुन पाउँदा आफू र आफ्नो समुह गौरवान्वित भएको बताए । आफु विप्लवको जीवनशैलीबाट निकै प्रभावित भएको भन्दै पाण्डेले वास्तविक कम्युनिस्ट नेता भेटेको बताए ।
त्यस्तै पुर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर रमेश मोक्तान “अनुप” ले जनयुद्ध, जनताको सपनाले आफू कहिकतै माओवादी छकी भनेर खोज्दै जाँदा यहाँ आईपुगेको बताउँदै आवश्यक परे फेरि देश र जनताको अधिकारको लागि लडाई लड्ने तयार रहेको बताए।
कार्यक्रममा पुर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर तथा पुर्वि रुकुमेली समाजका संयोजक सबिन बुढामगरले माओवादी युद्ध समाप्त पारिएपछी आफू विदेशी भुमि बाटै माओवादी आन्दोलनको केन्द्रीकरणको सपना देखिरहेको बताउँदै विप्लवको नेतृत्वमा माओवादी आन्दोलनको पुनर्गठन हुनुपर्ने बताए।
कार्यक्रममा माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले अब वास्तविक माओवादी र देशभक्त हरू एक हुनु पर्ने बेला आएको बताए। कार्यक्रम माओवादीका पोलिटब्युरो सदस्य माईलाले देश र जनतालाई माया गर्ने हरू माओवादीमा ध्रुवीकृत हुनु पर्ने भन्दै माओवादी आन्दोलनका विभिन्न घटकहरू बीचको एकतामा जोड दिए।
कार्यक्रममा माओवादी कि पोलिटब्युरो सदस्य खुमा सुवेदी लगायत केन्द्रिय नेताहरूको सहभागी रहेको हो ।






ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया