भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
काठमाडौं । आशिका तामाङ संग माओवादीले चन्दा मागेको र धम्की दिएको भन्ने झुटो र भ्रमपुर्ण समाचार प्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गम्भीर ध्यानाकर्षण गराएको छ।
नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा(माओवादी) को नाम जोडेर आशिका तामाङ सँग चन्दा मागेको र धम्की दिएको भन्दै केही संचार माध्यमहरूले सत्यतथ्य नबुझी भ्रमपुर्ण समाचार प्रकाशन र प्रसारण गरेको भन्दै उक्त पार्टीले आपत्ति जनाएको हो।
आशिका तामाङ सँग चन्दा माग्ने गौरव भन्ने व्यक्ति महासचिव भएको पार्टी हो। सो पार्टीको आर्थिक विभाग प्रमुख कबिर भन्ने व्यक्तिको नाम बाट आशिका तामाङलाई सम्बोधन गरेर आर्थिक माग गरिएको छ। धम्की पनि त्यही पार्टीबाट गएको छ। त्यो हाम्रो पार्टी होइन,अर्कै पार्टी हो भन्ने जान्दाजान्दै हाम्रो पार्टीको नाम जोडि समाचार प्रकाशन प्रसारण गर्नु गम्भीर प्रकारको त्रुटि हो।
उक्त पार्टीका महासचिव गौरव नाम भएको व्यक्ति भएको प्रमाणित हुँदाहुँदै हाम्रो पार्टीका महासचिव विप्लवको नाम जोडेर समाचार प्रकाशन, प्रशारण गर्नुले ती संचार माध्यमहरूले कस्तो पत्रकारिता गरिरहेला छन गम्भीर आशंका पैदा भएको छ , माओवादीका एक केन्द्रिय सदस्यले बताए। हाम्रो पार्टी नेकपा (माओवादी) चुनावी प्रचारप्रसार गरिरहेको छ, अनावश्यक पार्टीको बदनाम गराउने नियतले हाम्रो पार्टीको जबर्जस्ति केही संचार माध्यमले नाम जोडेको ती केन्द्रिय सदस्यले आरोप लगाए।
राज्यको चौथो अङ्ग भनिने प्रेस जगतले सत्यतथ्य नबुझी यस्तो तथ्यहिन भ्रमपुर्ण समाचार प्रकाशन,प्रसारण गर्नु निकै दु:खद भएको बताउँदै समाचार सच्याएर सम्बन्धित संस्थालाई माफी माग्न माओवादीले आग्रह गरेको छ। अन्यथा तथ्यहिन भ्रामक समाचार र संस्था विरुद्ध कानुनी उपचारमा जाने माओवादीले चेतावनी समेत दिएको छ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया