Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिब्रिटिश कलेजलाई तत्काल कारवाही गर्न अखिल समाजवादीको माग

ब्रिटिश कलेजलाई तत्काल कारवाही गर्न अखिल समाजवादीको माग


काठमाडौं । नेकपा (माओवादी) पार्टीको भातृसंगठन अखिल (समाजवादी)ले ब्रिटिश कलेजलाई तत्काल कारवाही गर्न माग गरेको छ।

सोमबार एक विज्ञप्ती जारी गर्दै संगठनका केन्द्रिय अध्यक्ष नरेन्द्र सील ब्रिटिश कलेजले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको भन्दै तत्काल कारवाही गर्न माग गरेका हुन्।

उनले विज्ञप्तीमा लेखेका छन्, ‘काठमाडौंको ब्रिटिस कलेजले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको, अत्यधिक शुल्क लिएको, फरक कोर्स पढाएको, भर्ना गरिएका विद्यार्थीहरु युएईमा अलपत्र पारेको र समस्याको समाधान भन्दा पनि न्यायको माग गरिरहेका विद्यार्थीहरुलाई कलेजले उल्टै धम्की दिएको र क्रसित बनाएको घटना प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

विदेशी सम्वन्धन प्राप्त कलेजहरुले विगत लामो समयदेखि नेपालमा शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क, छात्रवृति लगायतका विषयमा लुट र अनियमिता गरिरहेको उल्लेख गर्दै उनले यसका विरुद्धमा संगठनले निरन्तर आवाज उठाउदैँ आएको बताए।

अध्यक्ष सीले ठगी धन्दामा संलग्न सो कलेजलाई तत्काल कारवाही गर्न शिक्षा मन्त्रालय र सुरक्षा निकायसंग विशेष माग गरेका छन् ।

‘यसैको पछिल्लो उदाहरण द व्रिटिस कलेजमा देखिएको छ । तसर्थ ठगी धन्दामा संलग्न सो कलेजलाई तत्काल कारवाही गर्न हामी शिक्षा मन्त्रालय र सुरक्षा निकाय संग विशेष माग गर्दछौँ,’ उनले विज्ञप्तीमा लेखेका छन् ।

उनले सो कलेजलाई तत्काल कारवाही गर्न हामी शिक्षा मन्त्रालय र सुरक्षा निकाय संग विशेष माग गरेका छन् ।साथै उनले पिडित विद्यार्थीका मागहरु तत्काल सम्वोधन गर्न कलेज प्रशासनसँग जोडदार माग गरेका छन् ।

विदेशी विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सवै कलेजहरुलाई शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क, छात्रवृति लगायतका विषयमा स्पष्ट निति बनाएर नियन्त्रण, नियमन र विशेष निगरानी गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको