Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिप्रधानमन्त्री सुशिला कार्कीको राजिनामा माग गर्दै जेनजीहरु प्रदर्शनमा

प्रधानमन्त्री सुशिला कार्कीको राजिनामा माग गर्दै जेनजीहरु प्रदर्शनमा


काठमाडौं । मिराज ढुंगाना जेनजी समूहले आज पनि आन्दोलनलाई निरन्तर्ता दिइरहेका छन् ।

सोमबारदेखि माइतीघरमा मण्डलामा आन्दोलनमा उत्रिएको उक्त समूहले मंगलबार पनि आन्दोलन जारी राखेको हो ।

बिहान ११ बजेदेखि माइतीघरमा जम्मा भएका जेन–जीहरूले म्याटरेसमा बसेर धर्ना दिएर आन्दोलन सुरु गरेका थिए ।

हिजो आन्दोलन चर्किदै गर्दा तनाव पूर्ण अवस्था शान्त बनाउने क्रममा प्रहरीले केही जेनजी युवाहरुलाई पक्राउसमेत गरेको थिए ।

आज भने सर्वपक्षीय सरकार गठन हुनुपर्ने र प्रधानमन्त्री सुशिला कार्कीको  राजिनामा दिनु पर्ने माग राख्दै जेन–जीहरुद्वारा माइतीघर मण्डलामा प्रदर्शन चलिरहेको छ ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको