Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिबर्षौं पछि नेपाल कम्युनिस्ट पार्टी(माओवादी) केन्द्रिय समितिको बैठक काठमाडौमा बस्दै !

बर्षौं पछि नेपाल कम्युनिस्ट पार्टी(माओवादी) केन्द्रिय समितिको बैठक काठमाडौमा बस्दै !


काठमाडौं । नेकपा(माओवादी) केन्द्रिय समितिको बैठक भोलि पौष १० गते काठमाडौमा बस्दै छ। निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछी माओवादीले पहिलो पटक केन्द्रिय समितिको बैठक बस्न लागेको हो।
पहिले नेपाल कम्युनिस्ट पार्टी नाम रहेको उक्त पार्टीले पछाडि माओवादी थपेर नेकपा(माओवादी) दर्ता गरेको हो। माओवादीले चुनाव चिन्ह गुलाफ पाएको छ।

नेकपा(माओवादी) ले धेरै समयको अन्तरालमा संघीय राजधानी काठमाडौ बैठक बस्न लागेको हो।

नेपाल कम्युनिस्ट पार्टी नाम रहेका बेला देखी पछिल्लो धेरै समय सम्म उक्त पार्टीको संघीय राजधानी काठमाडौ बैठक बसेको थिएन। माओवादीको मुख्यालय कपिलवस्तुमा छ।

पार्टी निर्वाचन आयोगमा दर्ता, नाम परिवर्तन, आगामी प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादीका एक केन्द्रिय सदस्यले बताउनु भएको छ ।

नेकपा(माओवादी) ले सर्वपक्षीय सरकार गठन हुनु पर्ने, भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय नागरिक आयोग गठन हुनुपर्ने, १००० र ५०० रुपैयाँका नोट खारेज गर्नु पर्ने लगायतका विभिन्न १३ बुँदे माग राखेर आजै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ।

यदि समयमै माग पूरा नभए संघर्षमा उत्रिने माओवादीले चेतावनी दिएको छ।
बैठकमा आगामी नेपालको राजनीतिक कोर्स गम्भीर दिसा तर्फ उन्मुख भएकोले पार्टीले सो सम्बन्धमा रणनिती तय गर्ने बताईएको छ। माओवादीको यो बैठकलाई अर्थपूर्ण रुपले हेरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको