बर्षौं पछि नेपाल कम्युनिस्ट पार्टी(माओवादी) केन्द्रिय समितिको बैठक काठमाडौमा बस्दै !
काठमाडौं । नेकपा(माओवादी) केन्द्रिय समितिको बैठक भोलि पौष १० गते काठमाडौमा बस्दै छ। निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछी माओवादीले पहिलो पटक केन्द्रिय समितिको बैठक बस्न लागेको हो।
पहिले नेपाल कम्युनिस्ट पार्टी नाम रहेको उक्त पार्टीले पछाडि माओवादी थपेर नेकपा(माओवादी) दर्ता गरेको हो। माओवादीले चुनाव चिन्ह गुलाफ पाएको छ।
नेकपा(माओवादी) ले धेरै समयको अन्तरालमा संघीय राजधानी काठमाडौ बैठक बस्न लागेको हो।
नेपाल कम्युनिस्ट पार्टी नाम रहेका बेला देखी पछिल्लो धेरै समय सम्म उक्त पार्टीको संघीय राजधानी काठमाडौ बैठक बसेको थिएन। माओवादीको मुख्यालय कपिलवस्तुमा छ।
पार्टी निर्वाचन आयोगमा दर्ता, नाम परिवर्तन, आगामी प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादीका एक केन्द्रिय सदस्यले बताउनु भएको छ ।
नेकपा(माओवादी) ले सर्वपक्षीय सरकार गठन हुनु पर्ने, भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय नागरिक आयोग गठन हुनुपर्ने, १००० र ५०० रुपैयाँका नोट खारेज गर्नु पर्ने लगायतका विभिन्न १३ बुँदे माग राखेर आजै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ।
यदि समयमै माग पूरा नभए संघर्षमा उत्रिने माओवादीले चेतावनी दिएको छ।
बैठकमा आगामी नेपालको राजनीतिक कोर्स गम्भीर दिसा तर्फ उन्मुख भएकोले पार्टीले सो सम्बन्धमा रणनिती तय गर्ने बताईएको छ। माओवादीको यो बैठकलाई अर्थपूर्ण रुपले हेरिएको छ।
ताजा अपडेट
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
- “नेपाल प्रहरीका पुर्व डिएसपि गोविन्द थपलिया दम्पती द्वारा ठगीएको भन्दै पीडित मिडियामा” को खण्डन
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया