Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिसम्पत्ति विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयको कुलमान घिसिङ

सम्पत्ति विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयको कुलमान घिसिङ


काठमाडौं । मन्त्रालयमा पत्रकार सम्मेलन गरेका  भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले   विगत ३० वर्षदेखि कर्मचारीको हैसियतमा सम्पत्ति बुझाउँदै आएको  बताउनु भएको छ ।

वर्तमान अवस्थामा मन्त्रीको हैसियतमा कानुनी दायित्व अन्तर्गतको विषय पूरा गरिएको जानकारी दिनु भएको छ  ।

मन्त्री घिसिङले प्रधानमन्त्री कार्यालयमा बुझाइएको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय आफ्नो क्षेत्र भित्र नपर्ने बताउनु भएको हो ।  घिसिङका  भनाइ अनुसार  ‘त्यो उहाँहरूले नै गर्ने हो, किन सार्वजनिक भएन उहाँहरूको विषय हो ।’

उहाँले  आफू पारदर्शिता र सुशासनको विषयमा कटिबद्ध रहेको जिकिर गर्नु भएको  छ। ‘मन्त्रालय अन्तर्गतका  सबै कर्मचारीले सम्पत्ति विवरण बुझाएका छौँ,’
हामी , ‘सुशासनका विषयमा कठोरताका साथ काम गर्छाैं । कुनै बहानामा सुशासनको विषयमा तलमाथि हुन सक्दैन । हामी सम्झौता गर्दैनौँ ।’



तपाईको प्रतिक्रिया

धेरैले पढेको