Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिअखिल (समाजवादी) को २४औँ राष्ट्रिय सम्मेलन फागुन ५ देखि ८ गतेसम्म

अखिल (समाजवादी) को २४औँ राष्ट्रिय सम्मेलन फागुन ५ देखि ८ गतेसम्म


काठमाडौं । नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले आगामी फागुन ५, ६, ७ र ८ गते काठमाडौंमा २४औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

गत मंसिरमा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम सी ‘विप्लव’को प्रमुख आतिथ्यतामा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले फागुनभित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पौष ७ गते ललितपुरमा बसेको अखिल (समाजवादी) का पदाधिकारी तथा सह–इन्चार्जहरूको बैठकले सम्मेलनको मिति र स्थान निश्चित गरेको हो।

अखिल (समाजवादी) ले
“स्वाधीनता, स्थायित्व र समृद्धिका लागि हाम्रो आन्दोलन !
शिक्षाको समाजवादीकरणका लागि २४औँ राष्ट्रिय सम्मेलन !!”
भन्ने मूल नारा तय गरेको जनाएको छ।

अखिल (समाजवादी) का केन्द्रीय सचिव कपिल सीका अनुसार सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न तीव्र तयारी भइरहेको छ।

हालको केन्द्रीय समिति सम्मेलन आयोजक समितिमा रूपान्तरण गरिएको छ भने सम्मेलन सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको पनि उहाँले जानकारी दिनुभएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको