निर्वाचन र संघर्ष दुबै परिस्थितिका लागि तयार रहन विप्लवको निर्देशन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रिय समितिको विशेष बैठक सम्पन्न भएको छ ।
संघीय राजधानी काठमाडौंमा बिहान सुरु भएको बैठक आजै सम्पन्न भएको छ । बैठकले निर्वाचनको तयारीलाई तीव्रतामा अगाडि बढाउने निर्णय गरेको माओवादीका एक पोलिटब्युरो सदस्यले बताउनु भएको छ ।
मुख्य गरि आगामी निर्वाचनका सम्बन्ध धारणा तय गर्न माओवादीको बैठक बसेको हो । जेनजी बिद्रोह पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ मा निर्वाचन घोषणा छ ।
आगामी निर्वाचनमा नेकपा(माओवादी) पनि सहभागी हुने निर्णय गरिसकेको छ । तर माओवादीले केही सर्तहरू अगाडी सारेको छ । माओवादीले सुशीला नेतृत्वको सरकारलाई विस्तापित गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने प्रमुख माग राखेको छ । साथै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय शक्तिशाली नागरिक आयोग गठन हुनुपर्ने, भ्रष्टाचार सम्बन्धि अन्तिम निर्णय गर्ने विशेष अदालत गठन गर्नु पर्ने, महंगी नियन्त्रण गर्नु पर्ने, १००० र ५०० का नोट खारेज गर्नु पर्ने लगायतका माग हरू अगाडि सारेको छ । माओवादीले विशेष बैठकमा उपर्युक्त विषयमा पनि छ्लफल गरेको बुझिएको छ ।
महासचिव विप्लवले आगामी राजनीतिक परिस्थिति निकै पेचिलो हुने भन्दै संघर्ष र निर्वाचन दुबै परिस्थितिका लागि तयार रहन केन्द्रिय सदस्यहरूलाई निर्देश दिएको एक सहभागी केन्द्रिय सदस्यले बताउनु भएको हो । बेथिति कुशासन र भ्रष्टाचारका विरुद्ध हामी निरन्तर संघर्षरत छौँ तर राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेकाकोले हामी संघर्षका लागि पनि तयार रहनु पर्ने भन्दै विप्लवले धारणा राखेको बुझिएको छ ।
नेकपा(माओवादी) ले जनताको समर्थनलाई गोलबन्द गर्न निर्वाचन भाग लिने बताएको छ । कसैसँग तालमेल र चुनावी गठबन्धन नगर्ने माओवादीले बताएको हो । भयरहित र धाधलीरहित निर्वाचनको वातावरण बने प्रत्यक्ष १६५ सिटमै एक्लै प्रतिस्पर्धा गर्ने निर्णय पनि माओवादी गरेको बुझिएको छ । वैठकले समानुपातिक निर्वाचन प्रणालीका लागि ११० सदस्यीय सिटमा देशका ७७ ओटै जिल्ला र विभिन्न क्षेत्रबाट उम्मेदवारको नाम मागेको छ । साथै माओवादीले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू पार्टी बाहिरबाट पनि समावेश गर्ने बताएको हो ।
उत्पादनमा आफ्नो पार्टी सफल रहेको निष्कर्ष निकाल्दै थप व्यवस्थित बनाउने निर्णय पनि माओवादीले गरेको छ ।
बैठकले विभिन्न राजनीतिक र साँस्कृतिक अभियानहरू संचालन गर्ने निर्णय गरेको छ । पुर्वको झापा, पश्चिमको कंचनपुर र बागमतीको काठमाडौं उपत्यकाबाट युवा मार्च अभियान संचालन गर्ने, गण्डकी प्रदेश र मधेस प्रदेशमा विशेष सांस्कृतिक अभियान संचालन गर्ने माओवादीले जानकारी दिएको छ ।



ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया