Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकम्युनमा छापा सरकारको दमनकारी श्वेत आतंक हो – माओवादी

कम्युनमा छापा सरकारको दमनकारी श्वेत आतंक हो – माओवादी


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११ मा अवस्थित कम्युन तथा सर्वसाधारण नागरिकका घरमा प्रहरीले गरेको खानतलासीको घटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

माओवादीका प्रवक्ता प्रकाण्ड द्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रहरीले कम्युन र सर्वसाधारणको घरमा छापा मार्दै आतंक मच्चाएको छ। माओवादीले यसलाई राज्यद्वारा गरिएको दमनकारी श्वेत आतंकको संज्ञा दिइएको छ।

वक्तव्यमा सरकारले एकातिर शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने प्रचार गरिरहेको छ अर्कोतिर माओवादीका उत्पादन केन्द्र तथा सर्वसाधारण जनताका घरमा प्रहरी छापा मार्नुले राज्य शान्तिपूर्ण निकास चाहँदैन भन्ने स्पष्ट भएको बताइएको छ।
यस्तो कार्यले देशलाई झन अशान्तितर्फ धकेल्ने खतरा रहेको माओवादीको ठहर छ।

नेकपा(माओवादी) ले सरकारद्वारा गरिएको दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर तथा प्रतिरोध गर्न सम्पूर्ण न्यायप्रेमी जनतालाई विशेष अपिल गरेको छ। साथै, मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघसंस्थालाई गैरकानुनी प्रहरीको छापा र दमनबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेकोछ।

माओवादीले पार्टीले लोकतान्त्रिक अधिकारमाथि भइरहेको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग पनि गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको