Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिविप्लवद्वारा कम्युनमा प्रहरी खानतलासी विरुद्ध संघर्षका कार्यक्रम घोषणा !

विप्लवद्वारा कम्युनमा प्रहरी खानतलासी विरुद्ध संघर्षका कार्यक्रम घोषणा !


काठमाडौं । नेकपा(माओवादी) ले शितगंगा ११ कपिलवस्तु स्थित कम्युनमा भएको प्रहरी अपरेशन विरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ।माओवादीका महासचिव विप्लव निवास ललितपुरमा बसेको स्थायी समिति बैठकले कम्युन र जनताको बस्तिमा प्रहरीले गरेको ज्याजती विरुद्ध संघर्षमा जाने निर्णय गरेको हो।

आफ्नो पार्टी इमानदार पुर्वक श्रम गरेर उत्पादनमा जोडिएको अवस्थामा सरकारले दमन गर्ने नीति अख्तियार गरेको भन्दै कडा प्रतिवाद गर्ने माओवादीले चेतावनी दिएको छ।

माओवादीले आफ्नो पार्टी निर्वाचनमा जाने निर्णय गर्दै तयारीमा जुटिरहेको अवस्था सरकारले उत्तेजित पार्ने गतिविधि गरेको भन्दै त्यसको मुखतोड जवाफ दिने बताएको छ। माओवादीले आफ्नो पार्टी निरन्तर शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेकाले अवस्थाका विदेशीहरूको उक्साहटमा सरकार दमनमा उत्रिएको आरोप लगाएको छ।

माओवादीले प्रहरीले हस्तक्षेप गरेर अपरेशन गरेको भन्दै यहि मंसिर १२ गते मसाल जुलुस , १३ गते कोणसभा , १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ। माओवादीले प्रहरी अपरेशन नरोकिए थप संघर्ष चर्काउने निर्णय गरेको माओवाद श्रोतले बतायो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको