विप्लवद्वारा कम्युनमा प्रहरी खानतलासी विरुद्ध संघर्षका कार्यक्रम घोषणा !
काठमाडौं । नेकपा(माओवादी) ले शितगंगा ११ कपिलवस्तु स्थित कम्युनमा भएको प्रहरी अपरेशन विरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ।माओवादीका महासचिव विप्लव निवास ललितपुरमा बसेको स्थायी समिति बैठकले कम्युन र जनताको बस्तिमा प्रहरीले गरेको ज्याजती विरुद्ध संघर्षमा जाने निर्णय गरेको हो।
आफ्नो पार्टी इमानदार पुर्वक श्रम गरेर उत्पादनमा जोडिएको अवस्थामा सरकारले दमन गर्ने नीति अख्तियार गरेको भन्दै कडा प्रतिवाद गर्ने माओवादीले चेतावनी दिएको छ।
माओवादीले आफ्नो पार्टी निर्वाचनमा जाने निर्णय गर्दै तयारीमा जुटिरहेको अवस्था सरकारले उत्तेजित पार्ने गतिविधि गरेको भन्दै त्यसको मुखतोड जवाफ दिने बताएको छ। माओवादीले आफ्नो पार्टी निरन्तर शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेकाले अवस्थाका विदेशीहरूको उक्साहटमा सरकार दमनमा उत्रिएको आरोप लगाएको छ।
माओवादीले प्रहरीले हस्तक्षेप गरेर अपरेशन गरेको भन्दै यहि मंसिर १२ गते मसाल जुलुस , १३ गते कोणसभा , १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ। माओवादीले प्रहरी अपरेशन नरोकिए थप संघर्ष चर्काउने निर्णय गरेको माओवाद श्रोतले बतायो ।
ताजा अपडेट
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
- “नेपाल प्रहरीका पुर्व डिएसपि गोविन्द थपलिया दम्पती द्वारा ठगीएको भन्दै पीडित मिडियामा” को खण्डन
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया