Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकम्युनमा भएको प्रहरी अपरेशन विरुद्ध नेकपा (माओवादी) गर्‍यो देशभर मसाल जुलुस

कम्युनमा भएको प्रहरी अपरेशन विरुद्ध नेकपा (माओवादी) गर्‍यो देशभर मसाल जुलुस


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले आज देशभर मसाल जुलुस गरेको छ।

केन्द्रिय कम्युनमा भएको प्रहरी हस्तक्षेप र खानतलासी विरुद्ध माओवादीले मसाल जुलुस गरेको हो। आज बसेको माओवादी स्थायी समितीको बैठकले कम्युनमा मारेको छापा विरुद्ध संघर्ष जाने घोषण गरेको थियो।

काठमाडौंमा माओवादीको केन्द्रिय समितिको विशेष बैठकले निर्वाचनका लागि रणनीति तय गरिरहेको अवस्थामा राज्य प्रशासनले माओवादीको शितगंगा ११ अर्घाखाँचीमा रहेकोे कम्युनमा छापा मारेको थियो।

कम्युनमा प्रहरीले अनावश्यक अपरेशन गरेको भन्दै माओवादी आक्रोशित भएको छ। माओवादीले प्रहरीको अपरेशनविरुद्ध पुष १२ गते देखि १५ गते सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ।

माओवादीले आज देशैभरी मशाल जुलुस गरेर विरोध प्रदर्शन गरेको छ। माओवादीले राज्य-प्रशासनले आफ्नो अपरेशन नरोके कडा प्रतिरोध गर्ने बताएको छ।

माओवादीका महासचिव विप्लवले आजै एक कार्यक्रममा बोल्दै कम्युनमा हस्तक्षेप अस्वीकार्य हुने बताउँदै राज्यले अनावश्यक अपरेशन नरोके जनताले कडा प्रतिरोध गर्ने चेतावनी दिए ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको