प्रधानमन्त्रीको दौडमा बालेन, दुई हप्ताभित्र महानगर प्रमुखबाट राजीनामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उनले महानगरको जिम्मेवारी छोड्न लागेका हुन्।
मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच आज बिहान भएको छलफलमा बालेन रास्वपाबाट निर्वाचन लड्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको स्रोतले जनाएको छ।
सहमति अनुसार प्रधानमन्त्रीको उम्मेदवार बन्नका लागि बालेनले माघ ६ गतेभित्र काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। यही कारण उनले पदत्यागको प्रक्रिया अघि बढाएका हुन्।
काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै करिब १६ महिना बाँकी रहे पनि निर्वाचनमा सहभागी हुने निर्णयसँगै उनले समयअगावै जिम्मेवारी छोड्ने तयारी गरेका हुन्।
मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार केही अधुरा काम टुंग्याएर उचित समयमा राजीनामा दिने योजना छ।
“केही काम बाँकी छन्, ती दुई हप्ताभित्र सकिएलान् भन्ने अपेक्षा छ। प्राविधिक र राजनीतिक पक्षहरू मूल्याङ्कन गरेर उचित समयमा निर्णय हुनेछ,” उनले बताए।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया