Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिएमाले सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारबारे छलफल

एमाले सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारबारे छलफल


काठमाडौं । नेकपा एमालेको सचिवालयमा बैठक सुरु भएको छ।

११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवार चयनका विषयमा मुख्य छलफल भइरहेको नेताहरूले बताएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहभागी हुने दलहरूलाई निर्वाचन आयोगले भोलिसम्म समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन समयसीमा तोकेको छ।
यसका लागि नेकपा एमालेले उम्मेदवारहरूको प्रारम्भिक सूची तयार गरिसकेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सूचीमाथि सचिवालय बैठकमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको