Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकांग्रेसको पुराना उम्मेदवार नदोहोर्‍याउने निर्णय

कांग्रेसको पुराना उम्मेदवार नदोहोर्‍याउने निर्णय


काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधित्वमा नयाँ अनुहारलाई प्राथमिकता दिने निर्णय गरेको छ।

पार्टीले २०६४ देखि २०७९ सम्म भएका निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकाहरूलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दोहोर्‍याउने छैन।

आइतबार बसेको पार्टी बैठकले युवासहित नयाँ व्यक्तिलाई समानुपातिक सूचीमा समेट्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए। यस निर्णयलाई कांग्रेसभित्र पुस्तान्तरणतर्फको संकेतका रूपमा हेरिएको छ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन पुस १३ र १४ गते मिति तोकेको छ। समय थप्न गरिएको कांग्रेसको आग्रह आयोगले अस्वीकार गरेपछि पार्टीले तोकिएकै समयभित्र सूची बुझाउने तयारी गरेको छ।

कांग्रेसले यसअघि नै प्रत्यक्ष र समानुपातिकतर्फ जिल्ला तथा क्षेत्रबाट सिफारिस मागिसकेको थियो। सोही सिफारिसका आधारमा तयार पारिएको नयाँ र युवामुखी समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाइने तयारी भइरहेको ती पदाधिकारीले बताएका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको