पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ दुई चरणमा देशभर लागु
काठमाडौं । नेपाल आउने विदेशी नागरिकको विवरण अब अनलाइन प्रणालीमार्फत दर्ता र अनुगमन गरिने भएको छ।
सरकारले १ जनवरी २०२६ देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली अनिवार्य रूपमा लागू गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणालीको औपचारिक सुरुवात गरेको हो।
यसअघि १ असोजदेखि लागू गर्ने घोषणा गरिए पनि देशभित्रको परिस्थितिका कारण प्रणाली १ जनवरीदेखि मात्रै लागू गरिएको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार प्रणाली दुई चरणमा लागू हुनेछ। पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य गरिएको छ भने दोस्रो चरणमा १ मार्च २०२६ (१७ फागुन २०८२) देखि देशभरका तारे होटल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी र मनी एक्सचेन्जमा लागू गरिनेछ।
त्यस्तै सबै प्रकारका होटल, गेस्ट हाउस तथा सार्वजनिक र निजी संस्थाबाट विदेशी नागरिकलाई प्रदान गरिने सेवामा पनि यो प्रणाली लागू हुनेछ। विदेशी नागरिकलाई सेवा दिने सबै संस्था प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको हाे ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा बढाउने, आवश्यक सूचनामा सहज पहुँच बनाउने, सम्भावित जोखिम नियन्त्रण गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको अध्यागमन विभागले जनाएको छ।
प्रणाली कार्यान्वयनसँगै नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिको अभिलेख व्यवस्थित हुने, आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा कार्यमा सहजता आउने विश्वास लिइएको छ।
साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच सूचना आदान–प्रदान अझ प्रभावकारी हुने जानकारी गराएको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया