Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिनेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि चुलिँदा नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जना रास्वपातर्फ

नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि चुलिँदा नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जना रास्वपातर्फ


काठमाडौं । आन्तरिक असन्तुष्टि चुलिँदै गएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारूको नेतृत्वमा ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने घोषणा गरेका छन्।

अध्यक्ष थारूका अनुसार पार्टी नेतृत्व तहबाट पछिल्लो समय लिइएका निर्णय, कार्यशैली र संगठन सञ्चालन प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै आफूहरूले पार्टी छाड्ने निर्णय गरेका हुन्।

कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको अनुभूति भएपछि नाउपामा बसिरहनु नैतिक रूपमा उपयुक्त नभएको निष्कर्षमा पुगेको उनले बताए।
पुस १९ गतेदेखि लागू हुने गरी आफूहरूले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको थारूले जानकारी दिए।

सोमबार नाउपाका पूर्वपदाधिकारी तथा थरूहट/थारूवान संयुक्त संघर्ष समितिसहित रास्वपामा औपचारिक रूपमा समाहित हुने तयारी रहेको उनको भनाइ छ।

सामूहिक राजीनामा दिनेहरूमा जिल्ला अध्यक्ष थारूसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारू, महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायत नेता–कार्यकर्ता रहेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको