Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिविशेष महाधिवेशन हुन दिँदैनौं, कांग्रेस एकताबद्ध रहन्छ : कृष्णप्रसाद सिटौला

विशेष महाधिवेशन हुन दिँदैनौं, कांग्रेस एकताबद्ध रहन्छ : कृष्णप्रसाद सिटौला


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन कुनै हालतमा हुन नदिने स्पष्ट पारेका छन् ।

सिटौलाले कांग्रेसलाई विभाजन र कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले आगामी निर्वाचनमा दलहरूसँग रणनीतिक तालमेल गरेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए । तर प्रतिनिधि सभामा भने गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन रहेको उनले दोहोर्‍याए ।

“राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ, तर प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन हो,” सिटौलाले भने ।

उनले पार्टीभित्र विशेष महाधिवेशनको चर्चा निराधार रहेको उल्लेख गर्दै कांग्रेसलाई फुटाउने वा आन्तरिक झगडामा फसाउने प्रयास सफल हुन नदिने बताए ।

“विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं । कांग्रेस पार्टी फुटोस्, कमजोर होस् भन्ने चाहना हुन सक्छ, तर हामी त्यो हुन दिँदैनौं,” उनले भने ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गर्दै सिटौलाले काठमाडौं नआउन आग्रहसमेत गरे ।
“हस्ताक्षर गर्नेलाई काठमाडौं नआउन आग्रह गर्दछु । चुनावको तयारीमा लाग्न आग्रह गर्दछु,” उनले स्पष्ट पारे ।

उनको भनाइले कांग्रेस नेतृत्व पार्टी एकता र आगामी निर्वाचन तयारीमा केन्द्रित रहेको सन्देश दिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको