Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिरास्वपाको सचिवालय बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म

रास्वपाको सचिवालय बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा अपराह्न २ बजे बस्ने बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

नेताहरूका अनुसार बैठकमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने प्रक्रिया, केन्द्रीय समिति विस्तार, साथै निर्वाचन परिचालन समिति गठनबारे छलफल हुनेछ।

यसैगरी, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिलगायतका विषयहरू पनि सचिवालय बैठकको एजेन्डामा समेटिएका छन्।
बैठकमा प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश अभियान, तथा स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषयमा समेत निर्णय हुने सम्भावना रहेको छ।

रास्वपाको यो बैठकलाई आगामी निर्वाचनको तयारीलाई संस्थागत र व्यवस्थित बनाउने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको