Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार, माघ ११ का लागि तयारी

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार, माघ ११ का लागि तयारी


काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम टुंगो लगाएको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको  बुधबारबसेको बैठकले संसदीय समितिबाट सिफारिस भएका नामहरूलाई अनुमोदन गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै बसेको संसदीय समितिको बैठकले उम्मेदवार मनोनयनको निर्णय गरियो, जसलाई कार्यसम्पादन समितिले औपचारिक रूपमा स्वीकृति दिएको हो ।

निर्णयअनुसार आगामी माघ ११ गते हुने निर्वाचनका लागि कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा अन्य, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपाङ्गता-अल्पसंख्यक),बागमती प्रदेशबाट गीता देवकोटा (महिला),गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य) लुम्बिनी प्रदेशबाट वासुदेव जंगली (अपाङ्गता-अल्पसंख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)उम्मेदवारका रूपमा अघि सारेको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक राजनीतिक विषयमा धारणा राखेका हुन् ।

राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले प्रदेशगत तथा समावेशी आधारमा उम्मेदवार चयन गरी चुनावी तयारीलाई तीव्र बनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको