आगजनी गर्ने जेनजी होइनन्, देशद्रोही र अपराधी हुन् :ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई देशद्रोही र अपराधीको संज्ञा दिएका छन् । उनले ती व्यक्ति आन्दोलनकारी नभएको स्पष्ट पारेका छन् ।
बुधबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगजनी पूर्वनियोजित रहेको दाबी गरे ।
‘भदौ २४ को घटना तत्काल उत्पन्न भएको होइन, आठ–दश वर्षदेखि गरिएको तयारीको परिणाम हो,’ उनले भने, ‘देश जलाउनेहरू आन्दोलनकारी होइनन्, उनीहरू देशद्रोही र अपराधी हुन्।’ओलीले उक्त घटनालाई जेनजी आन्दोलनसँग जोडेर फैलाइएको भ्रमप्रति पनि आपत्ति जनाए । ‘मैले जेनजीलाई भनेको होइन, उनीहरूले देश जलाएका होइनन्,’ उनले स्पष्ट पारे।
उनका अनुसार जेनजी आन्दोलनमा घुसपैठ गरी नियोजित रूपमा आगजनी र तोडफोड गरिएको हो। ‘आत्मा बेचिएका तत्वहरूले देश जलाउने काम गरेका छन्,’ उनले भने भदौ २४ गते भएको आगजनी साधारण मानिसले नगरेको ओलीको दाबी छ । ‘खोजी–खोजी त्यही ठाउँमा आगो लगाइयो, जहाँ विशेष व्यक्तिका फाइल थिए । यो सामान्य घटना होइन,’ उनले बताए।
उक्त घटना बिर्सन नसकिने भन्दै ओलीले अब त्यसबाट पाठ सिकेर देश निर्माणतर्फ अघि बढ्नुका साथै उनले देश निर्माणको नेतृत्व नेकपा (एमाले) ले गर्ने दाबी समेत गरेका छन् ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया