काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। बिहीबार बिहान राप्रपा अध्यक्ष लिङ्देन रास्वपा सभापति लामिछानेको निवास पुगेका हुन्।
भेटमा देशको पछिल्लो राजनीतिक अवस्था र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल केन्द्रित रहेको राप्रपाले जनाएको छ। दुवै दलबीच आपसी चासो र राजनीतिक समन्वयका सम्भावनाबारे पनि संवाद भएको बताइएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। उनले सामाजिक सञ्जालमार्फत शीर्ष नेताबीच बिहानै संवाद भएको उल्लेख गर्दै चुनावी सन्दर्भमा कुराकानी भएको संकेत गरेका छन्।
यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना गर्न लागेको चियापान कार्यक्रमका लागि निम्तो दिन अन्य दलका शीर्ष नेताहरूसँग भेटघाटलाई निरन्तरता दिएको जनाइएको छ।
यस भेटवार्तालाई आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सम्भावित राजनीतिक समन्वय र संवादको संकेतका रूपमा हेरिएको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया