विशेष महाधिवेशनसँगै कांग्रेस संस्थापनको रणनीति, युवा र जिल्ला नेतृत्वको भेला
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी भित्रको विशेष महाधिवेशनको कदमलाई सन्तुलन दिने रणनीति बनाएको छ ।
उक्त समूहले पुस २७ गते युवा भेला र २८ गते जिल्ला सभापति भेला गर्ने तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा भएको छलफलपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मितिसँगै यस भेला आयोजना गर्ने निर्णय गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले जानकारी दिंदै भने, “युवा भेला तरुण दलका अध्यक्ष विद्वान गुरुङले संयोजन गर्ने छन् भने, जिल्ला सभापतिको भेला भक्तपुरका सभापति दुर्लभ थापाले नेतृत्व गर्ने छन्।”
पार्टीले आगामी वैशाख २८–३१ का लागि १५ औं महाधिवेशन गर्ने निर्णय गरेपछि संस्थापन पक्षले काठमाडौँको भृकुटीमण्डमा पूर्वतयारी भेला आयोजना गर्ने योजना बनाएको छ ।
विशेष महाधिवेशनका तयारीबीच आयोजना हुने यी भेला पार्टीभित्रको विचार–विमर्श र रणनीतिक निर्णयमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया