Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिअन्तरिम सरकारका मन्त्रीहरू दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

अन्तरिम सरकारका मन्त्रीहरू दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति झुकाव देखाउने छुट नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार ललितपुरमा सुरु भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रमुख जिम्मेवारी तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले तोकिएकै मितिमा निर्वाचन हुने विषयमा कुनै शंका नगर्न सबैलाई आग्रह गरेका छन् ।

गृहमन्त्री अर्यालका अनुसार वर्तमान सरकार निर्वाचन केन्द्रित भइसकेको छ । जेन–जी जनआन्दोलन सुशासन स्थापनाका लागि भएको उल्लेख गर्दै उनले सुशासन कायम गर्न सरकार दृढ रहेको बताए हुन् । निर्धारित समयमा निर्वाचन हुन नसके देशले गम्भीर संकटको सामना गर्नुपर्ने उनले चेतावनी समेत दिए ।

सरकारले गरिरहेका कामप्रति सकारात्मक सहयोग र समर्थन आवश्यक रहेको उल्लेख गर्दै उनले सबै पक्षबाट सरकारको मनोबल बढाइदिन आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सचेत रहनुपर्ने बताए ।
उनले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा निकायलाई आवश्यक साधनस्रोत उपलब्ध गराउन जोड दिएका छन् ।

मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जाल र एआई प्रविधिबाट फैलिन सक्ने भ्रमप्रति पनि सतर्क रहनुपर्ने जानकारी गराएका हुन्।

सरकारले निष्पक्षता र सुशासनलाई प्राथमिकतामा राख्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएको  छ भने, प्रदेशस्तरबाट पनि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने आवाज उठेको छ ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको