Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, संस्थापन र विशेष पक्षबीच वार्ता जारी

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, संस्थापन र विशेष पक्षबीच वार्ता जारी


काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटीमण्डपमा भइरहेको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफल चलिरहेको छ ।

बन्दसत्रमा नीतिगत विषयमा सहमति जुटेपछि आवश्यक निर्णय गर्दै निर्वाचन प्रक्रिया समेत अगाडि बढाइने बताइएको छ । यता, विशेष महाधिवेशन चलिरहेकै बेला संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बालुवाटारमा संवाद तथा वार्ता जारी रहेको छ ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने अडान लिइरहेका छन् भने विशेष पक्षले नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने तयारी गरिरहेको जनाएको छ । कांग्रेसको यो विशेष महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटन कार्यक्रम सम्पन्न भएको हाे ।

पार्टीभित्रको आन्तरिक मतभेदबीच चलिरहेको बन्दसत्र र समानान्तर वार्ताले कांग्रेसको आगामी दिशा र नेतृत्व निर्धारणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको