Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस

कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस


काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघीय निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेपछि कालीकोटमा उम्मेदवारीको दौड तीव्र बनेको छ।

कालीकोटबाट २१ फागुनमा हुने निर्वाचनका लागि ११ जनाको नाम सिफारिस गरिएको छ।

यसअघि पार्टीले प्रचण्डलाई कालीकोटबाट एकल सिफारिस गरेको हाे।
तर रुकुम पश्चिममा आयोजित सभामा प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवार बन्ने घोषणा गरेसँगै कालीकोटमा आकांक्षीहरूको संख्या बढेको हो।

नेकपाका केन्द्रीय सदस्य हरिबहादुर बोहराका अनुसार, प्रेमबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले ११ जनाको नाम सिफारिस गरेको छ र ती नाम प्रदेश समितिमा पठाउने तयारी भइरहेको छ।

पार्टी स्रोतका अनुसार प्रकाश रोकाया, महेन्द्रराज शाही र जीवन बुढाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। कालीकोटमा अघिल्लो निर्वाचनमा महेन्द्रबहादुर शाही विजयी भएका हुन्।

अब प्रदेश र केन्द्रीय समितिको निर्णयपछि अन्तिम उम्मेदवार टुंगो लाग्नेछ, जसले कालीकोटको चुनावी समीकरणलाई थप रोचक बनाउने देखिन्छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको