Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन

कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन


काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरिएको छ।

निर्वाचन समितिले उम्मेदवारको नामावलीदेखि मतदान समयसम्मको नयाँ तालिका सार्वजनिक गरेको हो।
समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। त्यसपछि ४ बजेदेखि साढे ४ बजेसम्म उम्मेदवारमाथि दाबी तथा विरोध दर्ता गर्न सकिनेछ।

दाबीविरोधपछि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान भने राति ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार कार्यतालिका कार्यान्वयनका लागि सबै तयारी पूरा भइसकेको छ र तोकिएको समयमै मतदान सम्पन्न गर्ने लक्ष्य लिइएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको