Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिकारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा

कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षबाट कारवाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको हलबाट सम्बोधन गर्दै पार्टी र कार्यकर्तालाई धैर्य र संयमता अपनाउन आग्रह गरेका छन्।

थापाले शेरबहादुर देउवा पक्षले आफूहरूलाई अल्मल्याएर निर्वाचन आयोगमा पत्र पठाएको र छलफलमा अल्झाएको आरोप लगाउँदै भने, “यो लडाईँ हो, अभियान हो।

यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, नेपालको निर्वाचन आयोगले मान्छ। कांग्रेस यही छ, यही रहन्छ।”
उनले थपे, “कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन।

मलाई कारबाही गरिएको सुनेको छु, तर कसैले हटाउन सक्छ भन्ने होइन। म ९ कक्षामा पढ्दा पनि कांग्रेसको हिस्सा थिएँ, २०४६ र २०६२–०६३ को आन्दोलनमा सहभागी र नेतृत्वकर्ता थिएँ।”

अन्ततः, गगन थापाले कारबाहीको बावजुद पार्टी एकता, लोकतान्त्रिक प्रक्रिया र कार्यकर्तामाझ विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको