गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले लियो गति
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण भइरहेको क्रिकेट रंगशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय सहकार्यमा निर्माण भइरहेको रंगशाला आधुनिक पूर्वाधारसहितको बन्ने लक्ष्य राखिएको छ ।
रंगशालामा अहिले मुख्य पिच, मैदानको संयोजन, तारबार र एक साइडको दर्शकदिर्घा (स्ट्यान्ड) निर्माण भइसकेको छ । मैदान चारैतिर घेराबार गरिएको छ भने मैदानको छेउमा हरियाली र व्यवस्थित ग्रीन आउटफिल्ड विकास भइरहेको छ ।
रंगशालाको पूर्वी भागमा पिचको संरचना तयार पारिएको छ भने चारैतिर बलबाउन्ड्रीको लागि तारबारको काम पूरा भएको छ । रंगशालाको एक छेउमा आधुनिक छानावाला स्ट्यान्ड बनाइएको छ, जहाँ दर्शकहरूको बस्ने व्यवस्था छ ।
मैदानको ग्रीन आउटफिल्ड सजिएको छ, पृष्ठभूमिमा पहाड र हरियालीले दृश्यलाई अझ रमणीय बनाएको छ ।
रंगशाला तयार भएसँगै मकवानपुर जिल्लाका क्रिकेट प्रतिभाहरूलाई अभ्यास र प्रतियोगिताको स्थायी पूर्वाधार उपलब्ध हुनेछ । साथै, भविष्यमा प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ ।
गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले लियो गति
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण भइरहेको क्रिकेट रंगशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय सहकार्यमा निर्माण भइरहेको रंगशाला आधुनिक पूर्वाधारसहितको बन्ने लक्ष्य राखिएको छ ।
रंगशालामा अहिले मुख्य पिच, मैदानको संयोजन, तारबार र एक साइडको दर्शकदिर्घा ९स्ट्यान्ड० निर्माण भइसकेको छ । मैदान चारैतिर घेराबार गरिएको छ भने मैदानको छेउमा हरियाली र व्यवस्थित ग्रीन आउटफिल्ड विकास भइरहेको छ ।
रंगशालाको पूर्वी भागमा पिचको संरचना तयार पारिएको छ भने चारैतिर बलबाउन्ड्रीको लागि तारबारको काम पूरा भएको छ । रंगशालाको एक छेउमा आधुनिक छानावाला स्ट्यान्ड बनाइएको छ, जहाँ दर्शकहरूको बस्ने व्यवस्था छ ।
मैदानको ग्रीन आउटफिल्ड सजिएको छ, पृष्ठभूमिमा पहाड र हरियालीले दृश्यलाई अझ रमणीय बनाएको छ ।
रंगशाला तयार भएसँगै मकवानपुर जिल्लाका क्रिकेट प्रतिभाहरूलाई अभ्यास र प्रतियोगिताको स्थायी पूर्वाधार उपलब्ध हुनेछ । साथै, भविष्यमा प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ ।

ताजा अपडेट
- बजार ग्यासको हाहाकार भएको बेला मन्त्रीको राजीनामा !
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !

तपाईको प्रतिक्रिया