संसदवादी दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायतले आफूलाई लाखौं मत प्राप्त जनप्रतिनिधि ठान्छन् । यहाँनेर प्रश्न छ, जनताका प्रतिनिधिहरूले के गर्नुपर्छ रु सामान्यभन्दा सामान्य मान्छेले पनि सजिलै भन्नसक्छ, जनताको हितमा काम गर्नुपर्छ । तर यतिबेला जनताको प्रतिनिधित्व गर्नुपर्ने, नीतिनियम र ऐनकानुन बनाउनुपर्ने संसदवादी दलहरू सबका सब औचित्यहीन अन्तर कलहको गोलचक्करमा व्यस्त छन् ।
जनहितमा काम गर्नुपर्ने सत्ता साझेदार कांग्रेस र एमाले अनि जनताको आवाज बोल्नुपर्ने प्रतिपक्षी माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीभित्र अहिले उदेकलाग्दो अन्तर कलह उत्कर्षमा छ ।
मुकुल ढकाललाई पार्टीबाट निस्कासन गरेपछि रास्वपामा खास अन्तर कलह त छैन तर आफ्नै सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दाबाट उम्क्याउनुपर्ने लाजमर्दो आन्तरिक समस्याले रास्वपा पनि थलिएकै छ । असार साउनमा जनता खेतीपातीमा छन् तर रास्वपा चाहिँ रविलाई निर्दोष देखाउने नियतले हस्ताक्षर सङ्कलनको नाममा कहीँ नभएको गाईजात्रा देखाइरहेको छ ।
सरकार सञ्चालक मन्त्रीदेखि जनताको प्रतिनिधित्व ९रु० गर्छौँ भन्ने सांसदसम्म यतिबेला दूषित मनोविज्ञान बोकेर आपसी घोचपेच र झैझगडामै रुमलिएका छन् । जुन औचित्यहीन उदेकलाग्दो गाईजात्रा बाहेक अरु केही होइन ।
योजना र उद्देश्यको लागि अध्ययन, अनुसन्धान र सिर्जनात्मक काम गरिन्थ्यो भने क्षमताअनुसार सबैले योगदान दिन पाउँथे । सामाजिक हितका लागि सक्नेले धेरै गर्थ्यो । नसक्नेले सक्ने व्यक्तिको लागि ठाउँ दिन गाह्रो पनि पर्थेन किनभने सिर्जनात्मक कार्यहरू सामुहिक हितमा आधारित हुन्थे । अनि लुछाचुडीमय अन्तर कहलहरू देखापर्ने अवस्था नै आउँदैनथ्यो ।
तर विडम्बना, जनताको करबाट तलब र सेवासुविधा लिएर संसदवादी दल र तिनका नेताहरू ठगी, भ्रष्टाचार, तस्करी आदिमार्फत आआफ्नो भकारी भर्ने ध्याउन्नमा लागे । आफन्त र नातागोता पोस्न उद्यत देखिए । जसले स्वभाविक रुपमा लुछाचुडी र आपसी झैझगडाको सिर्जना गर्यो ।
अतस् औचित्यहीन कलह र समस्याबाट छुटकारा पाउन संसदवादी दल र तिनका नेताहरूले दुनियाँभरको सम्पत्ति र सेवासुविधा आफ्नो भकारीमा थुपार्ने चाहना राख्नु हुँदैन बरु निस्वार्थ देश र जनताको हितमा सिर्जनात्मक काम गर्ने कोसिस गर्नुपर्छ । त्यसोभयो भने सेवासुविधा र पहुँच बढी हुने खास जिम्मेवारीको लागि यस किसिमका कहलहरू देखापर्दैनन् । चीजहरू विधिपद्धति र मूल्यमान्यताबाट अगाडि बढ्छन् र देशको हित अनि जनताको सही प्रतिनिधित्व त्यसरी नै हुन्छ ।
अन्यथा देश र जनताको शोषण गरेर निजी स्वार्थका लागि काटमारको राजनीतिमा तल्लीन हुँदा राजा, राणा र पञ्चहरू जसरी इतिहासबाट विलुप्त भए, यो अन्तर कलह लामो समयसम्म रहिरहे अहिलेका संसदवादी दलहरू पनि त्यसरी नै विलुप्त नहोलान् भन्न सकिन्न ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया