साम्बालाई फेरि एसीएल चोट, कम्तीमा ९ महिना मैदान बाहिर
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ फेरि गम्भीर चोटमा परेकी छन्।
अस्ट्रेलियन ए–लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी साम्बाको दायाँ घुँडाको एसीएल (ACL) ग्राफ्ट पुनः च्यातिएको पुष्टि भएको छ।
ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलकिपरसँग ठोक्किएपछि उनी घाइते भएकी थिइन्। त्यसपछि गरिएको एमआरआई परीक्षणले पुरानै एसीएल ग्राफ्ट टियर भएको देखाएको क्लबले जनाएको छ। यस चोटका कारण साम्बाले ए–लिगको बाँकी सिजन गुमाउने भएकी छन्।
क्लबका अनुसार उनी अब करिब ९ देखि १२ महिनासम्म मैदान बाहिर रहनेछिन्। यसअघि सन् २०२१ मा पनि साम्बाले सोही घुँडाको शल्यक्रिया गराएकी थिइन्।
वेलिङ्टन फिनिक्सकी प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बा उत्कृष्ट खेलाडी मात्र नभई टोलीका लागि प्रेरणाको स्रोत भएको बताउँदै उनको चोटबाट सबै दुःखी भएको प्रतिक्रिया दिएकी छन्। यद्यपि, साम्बाले पुनरागमनका लागि बलियो आत्मविश्वास र दृढ इच्छाशक्ति देखाएको पनि प्रशिक्षकले जनाएकी छन्।
नेपाली महिला फुटबलका लागि यो चोट ठूलो धक्का मानिएको छ। समर्थकहरूले साम्बाको शीघ्र स्वास्थ्यलाभ र मजबुत पुनरागमनको कामना गरिरहेका छन्।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया